संघीय संसदमा विभिन्न ७ वटा अध्यादेश पेश

३ जेष्ठ २०७९

३ जेठ, स्वच्छखबर,काठमाडौं । संघीय संसदमा विभिन्न ७ वटा अध्यादेश पेश भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गरे ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधि तेस्रो संशोधन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश पेश गरे ।

भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश पेश गरिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद यादवले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गरे ।

सम्बाददाताः मोतीलाल भारती