राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

१३ असार २०७९, सोमबार १२:००

१३ असार,स्वच्छखबर,काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने बैठक बहिष्कार गरेका थिए ।

सम्बाददाताः मोतीलाल भारती

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.