मूलपानी रंगशालामा पहिरो, क्यानले माग्यो नगरपालिकाको सहयोग
२३ जेष्ठ २०७९
२३ जेठ,स्वच्छखबर,काठमाडौं । काठमाडौंको मूलपानीस्थित क्रिकेट रंगशाला क्षेत्र पहिरोको जोखिममा परेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिरोको कारण मूलपानी मैदानमा क्षति पुगेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि कागेश्वरी मनोहरा नगरपालिकासँग सहयोग मागेको छ ।
क्यानका महाप्रबन्धक वृत्तान्त खनालले मेयर उपेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै रंगशालाको पहिरो नियन्त्रणमा सहयोग मागेको हो ।
सम्बाददाताः मोतीलाल भारती
प्रतिक्रिया दिनुहोस्: