सशस्त्र प्रहरीका डीआईजी गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय

२३ जेष्ठ २०७९

२३ जेठ,स्वच्छखबर,काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । पौडेलले सशस्त्र प्रहरी मानवस्रोत विभागको नेतृत्व गरिरहेका छन् ।

सम्बाददाताः मोतीलाल भारती