प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटवार्ता

२५ जेष्ठ २०७९, बुधबार १२:१६

२५ जेठ,स्वच्छखबर,काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।

बुधबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र राजदूत युताकाबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त भेटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बाददाताः मोतीलाल भारती

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.