मकवानपुरमा ५२ प्रतिशत मत खस्यो

४ मंसिर २०७९

४ मंसिर, हेटौंडा । मकवानपुरमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार अपरान्ह ४ बजेर २० मिनेट जाँदासम्म १ लाख ५७ हजार ३३३ मत खसेको छ । मतदान गर्नेमा ८२ हजार २५३ पुरुष, ७५ हजार ७८ जना महिला र २ जना तेस्रोलिंगी मतदाता रहेका छन् ।

मकवानपुरमा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ४७ हजार २००, पुरुष १ लाख ५३ हजार ५२८ र तेस्रोलिंगी ५ जना छन् ।