आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

५ मंसिर २०७९

५ मंसिर,स्वच्छखबर,काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर ९२१ नोभेम्बर०देखि ११ मंसिर ९२७ नोभेम्बर०सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

यो प्रयोजनका लागि अघिल्लो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको एरो थाई कम्पनीको जहाज नेपाल बोलाइएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

क्यालिब्रेसन उडानको प्रतिवेदनपछि परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ । सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् ।