दैलेखबाट प्रदेशसभामा कांग्रेसका भण्डारी निर्वाचित

७ मंसिर २०७९

७ मंसिर, स्वच्छखबर । दैलेख क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन् । भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलकप्रसाद रिजाललाई एक हजार ३०५ मतान्तरले पराजित गरे ।

खसेको कुल मत २२ हजार ९४२ मध्ये भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन् भने रिजालले ९ हजार ४९५ मत पाएका छन् । राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२ र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले २७० मत ल्याएका छन् ।

प्रदेशसभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्वमेयर हुन् ।