नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा मिश्रित परिणाम : अध्यक्षमा भण्डारी र महासचिवमा भुर्तेल विजयी

७ माघ २०७९

७ माघ, स्वच्छखबर,काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघकाे अध्यक्षमा अराेरा ह्युमन रिसाेर्स प्रा.लि.का सञ्चालक राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न संघको २९ औं साधारण सभा पछिको कार्यसमिति निर्वाचन परिणामअनुसार भण्डारी आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष भण्डारीले १ सय ९९ मत ल्याए भने नेपाली कांग्रेस निकट नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशाेसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ३१ मत पाए । मञ्च नेकपा एमाले निकट वैदेशिक राेजगार व्यवसायी संस्था हाे ।

 

एशाेसिएसाका विद्रोही भुवनसिंह गुरूङले १ सय ५७ र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार ईश्वर जिसीले १ सय १८ मत पाए । यससँगै भण्डारी एक वर्षभित्रै दुई संगठनकाे अध्यक्ष भएका छन् । उनी गत चैत १२ गते मञ्च नेपालकाे अध्यक्षमा पनि  निर्वाचित भएका थिए ।

 

यस्तै संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर खत्री कुमार निर्वाचित भएका छन् । उनले २ सय ५३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एशाेसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाएका छन् ।

 

द्वितीय उपाध्यक्षमा मञ्चका उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका  प्रतिद्वन्द्वी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १ सय २२, लाेकतान्त्रिक एशाेसिएसन प्यानलका अख्तर हुसेनले १ सय २ र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाएका छन् ।

 

तृतीय उपाध्यक्ष मञ्चका उम्मेदवार राेशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भएका छन् । उका प्रतिद्वन्द्वी सञ्जय पनेरुले १ सय ५७, माेहन कुमार ढुंगेलले १ सय २३ र अनिल बाेगटीले १ सय २६ र उम्मेदवारी फिर्ता लिएका अम्बरबहादुर न्याैपानेले १३ मत पाएका छन् ।

 

महासचिवमा लाेकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मत ल्याई निर्वाचित भए । निलकमल ह्यूमेन रिसोर्स प्रा.लि.का संचालक भुर्तेल यसअघि संघको सचिवमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी मञ्चका उम्मेदवार मिलन कट्टेलले १८३ र मधुकर रिजालले १ सय ५६ मत पाएका छन् ।

 

सचिवमा लाेकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भए । उनका प्रतिद्वन्द्वी मञ्चका राजेन्द्र अधिकारीले १ सय ४१, टक्करबहादुर पाख्रिनले ९४, गाेमा गिरी क्षेत्री (अञ्जु)ले ४९, उम्मेदवारी फिर्ता लिएका हर्क लिम्बूले ३७ र प्रेमराज लावतीले ३९ मत पाएका छन् ।

 

काेषाध्यक्षमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् । प्रतिस्पर्धी हिमा गुरूङले १ सय ४६, हिरादेवी बुढाथोकीले १ सय २, केदारनाथ अधिकारी दिपेन्द्रले १३७ र सरस्वती सुवेदीले २ मत पाएकी छन् ।

 

यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१, विक्रम श्रेष्ठ २४६ , देवमाया थापा २४५ , बैकुण्ठ प्रसाद पाैडेल २३२, कैलाश पाठक २३०, देउमान नेम्वाङ २२४, आनन्द काेइराला २१८, नारायण भुसाल २१७, ताेरणबहादुर कार्की २१२ र चन्द्र बहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् ।