राहदानीमा रवि लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयमा निवेदन

२४ माघ २०७९

२४ माघ,स्वच्छखबर  काठमाडौं । रवि लामिछानेमाथि राहदानी मुद्दामा अनुसन्धान गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि युवराज पौडेल ९सफल० ले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् ।

झुटा विवरण पेश गरेर राहदानी लिएको विषयमा रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए ।

तर परिसरले नागरिकता विवादको फैसलाको पूर्णपाठ नआएको भन्दै उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीले अस्वीकार गरेपछि पौडेलले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिई प्रहरीलाई उक्त जाहेरी दर्ता गर्न निर्देशन दिन माग गरेका हुन् ।

पौडेलले उनको नेपाली राहदानी खारेज गर्न र यो मुद्दा अनुसन्धानको अवधिभर अर्को नागरिकता नदिन पनि माग गर्दै जाहेरी दिएका थिए ।