जनकपुरमा कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ
२१ चैत्र २०७९
२१ चैत, स्वच्छखबर । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।
जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बराम गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 14
प्रतिक्रिया दिनुहोस्: