लुम्बिनीको दोस्रो अधिवेशन जेठ १२ गते आह्वान

१० जेष्ठ २०८०

१० जेठ,स्वचछखबर। लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन जेठ १२ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते शुक्रबार दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।

प्रदेश सभाले सूचना जारी गर्दै दोस्रो तथा बजेट अधिवेशनका लागि बैठक आह्वान गरिएको जनाएको हो ।

लुम्बिनीमा दोस्रो प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन वैशाख १९ गते अन्त्य भएको थियो ।