रासायनिक मल किनिसकेका छौं, यो वर्ष अभाव हुँदैन : कृषिमन्त्री भुसाल

२७ जेष्ठ २०८०

२७ जेठ, स्वच्छखबर,काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले यो वर्षका लागि चाहिने रासायनिक मल खरिद गरिसकेको भन्दै अभाव नहुने बताएका छन् ।

शनिबार भक्तपुरमा नेकपा एकीकृत समाजवादको जिल्ला अधिवेशनमा बोल्दै उनले यो वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही मल आइसकेको पनि दाबी गरे ।

‘यो वर्ष चाहिने जति मल खरिद गरिसकिएको छ । केही आइसकेको छ, केही आउने क्रममा छ । धेरै ठूलो संकट पर्दैन । हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौं’ उनले भने ।

मन्त्री भुसालले बाँझो जमिन उपयोग गर्न बाँझो जमिन उपयोग गर्ने नीति बनाएर बजेट छुट्याउने काम भएको बताए ।