एलिना चौहानको तीज गीत ‘कल्ले देख्यो र ?’

२४ श्रावण २०८०

२४ श्रावण, स्वच्छखबर, काठमाडौं । गायिका एलिना चौहानको तीज गीत सार्वजनिक भएको छ । एलिनाले तीज गीत ‘कल्ले देख्यो र ?’ ल्याएकी हुन् । यस गीतमा दीपक शर्माको शब्द, संगीत छ ।

नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् । विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।