मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक छनोट

२४ श्रावण २०८०, बुधबार ०३:४७

२४ श्रावण, स्वच्छखबर, काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ पुस्तकमध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तकको नाम मदन पुरस्कार गुठीले बुधबार सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् । पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.