अल नासर च्याम्पियन्स कपको फाइनलमा

२५ श्रावण २०८०

२५ श्रावण, स्वच्छखबर, काठमाडौं । अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १–० ले हराउँदै अल नासर फाइनलमा पुग्यो । उनले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे । हिजो भएको अर्को सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अब शनिवार उपाधिका लागि हिलाल र अल नासरबीच खेल हुनेछ ।