गायीका श्रेष्ठको तीज गीत ‘सासुको छोरो’ सार्वजनिक

२५ श्रावण २०८०

२५ श्रावण, स्वच्छखबर, काठमाडौं ।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा दिन प्रतिदिन तीज गीतहरु बजारमा आईरहेका छन् । तीजका गीतत पनि कतिपय नाच्ने खालका छन् भने कतिपय गीत सुन्दा सुन्दै एकोहोरो हुने खालका छन् । यसै क्रममा लोक गायीका सिता श्रेष्ठको स्वरमा मौलिक तीज गीत ‘सासुको छोरो’ सार्वजनिक भएको छ ।

बिष्णु तामाङ्गको सङ्गीत संयोजन रहेको उक्त गितमा शब्द र लय बाल कुमार श्रेष्ठको रहेको छ । राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माले निर्देशन गरेको गीतमा कोरियोग्राफी भने बिक्रम कुमार तामाङ्गले गरेका छन् ।

सुस्मिता सापकोटा, शिशिर पौडेल, बालिका तामाङ्ग र बाल कलाकार बेबिशा श्रेष्ठ र सुमिना श्रेष्ठ लगायतलेको अभिनय रहेको गीत म्युजिक स्टार नेपालको आधिकारिक युटुब च्यानल बाट बजारमा ल्याईएको छ ।