”गोदावरीखोला क्षेत्र सरसफाइ अभियान”को २३४ औं हप्ताको सचेतनामुलक कार्यक्रम नल्लु खोलामा

२८ श्रावण २०८०, आईतवार ०३:३४

२८ श्रावण, स्वच्छखबर, गोदावरी । महिला तथा बालबालिकाको पहलमा गरिदैं आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको २३४ औं शृङ्खला ललितपुरको दक्षिण भेग भएर बग्ने नल्लु खोलामा सचेतनामुलक सरसफाइ कार्यक्रम गरी पूरा गरिएको छ।

शनिबारको कार्यक्रम कोन्जोसोम गाउँपालिका नल्लु खोला सरसफाई अभियानमा एेक्यवद्धताका साथ स्थानीय अभियन्ता सङ्ग सरसफाइ तथा फोहोर व्यवस्थापन विषयमा छलफल गर्नुका साथै पाथिभरा मन्दिर परिसरमा वृक्षारोपन तथा फोहोर व्यवस्थापनका लागि डस्टबिन बितरन गरि सम्पन्न भएको अभियानकी संयोजक बेबी राजभण्डारीले जानकारी दिईन्

ईलाका प्रहरी कार्यालय कोन्जोसोमको सहकार्यमा भएको उक्त अभियानमा नल्लु खोला सरसफाइ तथा संरक्षण समिति, पाथिभरा मन्दिर व्यवस्थापन समितीका प्रतिनिधिहरु, गोदावरी खोला सरसफाइ अभियान्ताहरू लगायतको सहभागिता रहेको थियो ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.