सप्तकोसीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

२९ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पुर्वी पहाडी जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो ।

सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले जानकारी दिए ।

उनले सप्तकोसीमा पानीको बहाब उच्च भएपछि आसपासका बासिन्दालाई सुरक्षामा उच्च सर्तकता अपनाउन अनुरोध गरिएको बताए । सप्तकोसीमा आइतबार राति पानीको बहाब प्रति सेकेन्ड ४ लाख ४२ हजार क्युसेक पुगेको थियो।

सोमबार बिहान पानीको बहाब प्रतिसेकेन्ड ४ लाख ३९ हजार क्युसेकमा झरेको छ । सप्तकोसीमा पानीको बहाब प्रतिसेकेन्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ।