बाढीका कारण हिमाचल प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

२९ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, भारत । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न आदेश दिएको छ ।

भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।