माधव नेपाल दक्षिणपन्थी भएको केपी ओलीको आरोप

३० श्रावण २०८०

३० श्रावण, स्वच्छखबर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।

मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षणमा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल दक्षिणपन्थीको झोला बोकेर हिँडेको आरोप लगाएका हुन् ।

उनले भने, उनले भने, ‘हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर उनीहरु कुदेका छन् । त्यसलाई भन्छन् झोले । नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् ।’

उनले माधव नेपाल एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

उनले आफूले २०७७ पुस ५ गते संसद विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताए । उनले भने, ‘हामीले संसद विघछन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो र ध्वस्त पार्ने षड्यन्त्र भएको थियो । त्यसलाई हामीले छिनालिदियौं।पुस ५ गतेको कदम भनेको त्यही हो।’

उनले षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताए। उनले संसद पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको दाबी गरे ।