कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ।

पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ।