छब्बीस दिनदेखि अवरुद्ध हवाईसेवा सुचारु

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा सुचारु भएको छ । अवरुद्ध भएको छब्बीस दिनपछि मात्र हवाइसेवा सुचारु भएको हो ।

मौसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सुचारु भएको समिट एयर डोल्पाका प्रमुख पुर्णजंग शाहीले बताए ।

बर्षायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ । हवाई उडान सुचारु भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ ।

उडान भएपछि महिना दिनदेखि नेपालगन्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रहरु गन्तव्यमा पुग्न पाएका छन् ।