शतप्रतिशत तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन

३१ श्रावण २०८०, बुधबार १५:२४

३१ श्रावण, स्वच्छखबर, सिरिया । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिनुभएको छ ।

सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिनुभएको हो ।

सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौँ पटक गरिएको छ । त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ ।

यो निर्णय गर्नुअघि सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलर को बीचमा थियो । यो सिरियाली पाउण्डको बजार मूल्यमा निर्भर गर्दछ ।

मङ्गलबार राति सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्य मा १८० प्रतिशत र सामान्य ओक्टेन पेट्रोलमा करिब १६५ प्रतिशतले वृद्धि गरेको थियो ।

इन्धनको मूल्यवृद्धिले सडकमा अस्तव्यस्तता निम्त्याएको छ भने धेरै बस चालकहरूले बुधबार काममा जान अस्वीकार गरेका छन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.