यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीलाई

३२ श्रावण २०८०, बिहीबार ०३:०४

३२ श्रावण, स्वच्छखबर, काठमाडौं । यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै उसले उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले एक एक गोल गरे खेल टाइब्रेकरमा गएको थियो । सेभियाले युसेफ इन–नेसरीको गोलमा शुरुवाती अग्रता लिए पनि सिटीका लागि कोल पाल्मरको बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.