२९ औं तामाङ प्रसारण दिवसआज,तामाङ मिडिया अवार्ड सन्तबिर लामा र मायालु ङेसुरलाई

१ भाद्र २०८०

१ भाद्र, स्वच्छखबर,काठमाडौं ।आज २९ औं तामाङ प्रसारण दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

वि.सं.२०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष तामाङ संचारकर्मी तथा तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आएका छन् ।

हरेक वर्ष तामाङ प्रसारण दिवसका अवसरमा प्रदान गरिने तामाङ मिडिया अवार्ड, यस वर्ष सन्तबिर लामा (धनकुटा)र मायालु ङेसुर (काठमाडौं) लाई प्रदान गरिने तामाङ पत्रकार संघ संघिय समितिले जनाएको छ ।

हाल देशमा रहेका विभिन्न संचार माध्यमहरुमा तामाङ संचारकर्मीको संख्यामा बृद्धि हुँदै समेत गएको छ । तामाङको पहिचान, अधिकार र जनचेतनाका लागि रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाईनबाट तामाङ संचारकर्मीहरुले सकरात्मक परिवर्तनको आवाज उठान गरिरहेका छन् ।