नेपाल प्रहरीका एआईजीहरूको सरुवा

२ भाद्र २०८०

२ भाद्र, स्वच्छखबर, काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीहरूको सरुवा गरेको छ । शुक्रबार बसेको  मन्त्रिपरिषद बैठकले एआईजीहरुको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट श्याम ज्ञवालीलाई हटाएर कार्य विभागमा सरुवा गरिएको छ । ज्ञवालीको ठाउँमा एआईजी दीपक थापालाई दिइएको छ ।

दीपक थापाको ठाउँमा एआईजी मिरा चौधरीलाई जिम्मा दिइएको छ । यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा गरिएको छ । त्यस्तै मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दोस्रो चरणको अनुसन्धान अघि बढाउन लागेका बेला एआईजीहरुको सरुवा गरिएको हो ।