निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा उडान सुरु गर्ने

२ भाद्र २०८०, शनिबार १५:००

२ भाद्र, स्वच्छखबर, काठमाडौं । नेपाल वायु सेवा निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा उडान सुरु गर्ने भएको छ । त्यसका लागि निगमले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ ।

सुरुमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने र थप माग अनुसार गन्तव्य विस्तार गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.