राष्ट्रपतिद्वारा मंंगलबार बिहानका लागि सर्वदलीय बैठक आह्वान

३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले मंगलबार बिहान आठ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको हो । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संस्दको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए ।

तर ओलीले सदन आफूहरुले नभई सरकारले अवरोध गरेको बताएका थिए । त्यस्तै सदनको अवरोध अन्त्य गर्न सभामुख र प्रधानमन्त्रीले दलहरुसँग आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए । तर उच्चस्तरीय समिति गठनमा सहमति जुटेन । जसका कारण संसद बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।