शेयर बजारमा १२ अंकको गिरावट,एक अर्ब ४० करोड रुपैयाँको कारोबार
४ भाद्र २०८०
४ भाद्र, स्वच्छखबर, काठमाडौँ । सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।
आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
Post Views: 25
प्रतिक्रिया दिनुहोस्: