आज सर्वदलीय बैठक बस्दै,समसामयिक राजनीति विषयमा छलफल हुने

५ भाद्र २०८०, मंगलवार ०१:३१

५ भाद्र, स्वच्छखबर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान आठ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको छ । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संसदको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.