संस्कृति तथा पर्यटनमन्त्री किरातीलाई पितृ शोक

६ भाद्र २०८०

६ भाद्र, स्वच्छखबर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । पक्षाघातले थलिएका किरातीका पिता हर्कबहादुर राईको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो  ।   आमापछि बुबाले समेत छोडेर जाँदा आफूहरू टुहुरो बनेको मन्त्री किरातीले बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,’भखरै बुबाले धोका दिनुभयो । आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो । उप्रान्त बुबा आमा त रहनु भएन रह्यो त केवल खिचिछोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छातीभित्र । आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ । तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । साह्रा नेपाली मेरो आमा बुबा हुन् । बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धाञ्जली ।’