प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

१२ भाद्र २०८०

१२ भाद्र, स्वच्छखबर, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालय जनाएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ ।

साथै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।