चलचित्र ‘पशुपति प्रसाद २ः ‘भष्मे डन’को ‘दुई चुल्ठी बाटन’

१४ भाद्र २०८०

१४ भाद्र, स्वच्छखबर, काठमाडौँ । आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसर पारेर बिहीबार चलचित्रको गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक गरिएको हो ।

गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । निरज कँडेलले खिचेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ ।