पेट्रोलियम पदार्थको मूल्य बढ्यो,ग्यासको प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँ बृद्धि

१४ भाद्र २०८०

१४ भाद्र, स्वच्छखबर, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर  दुई सय ३५ ले बढेको छ ।

निगमले मूल्य वृद्धि बिहीबार मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर तीन दशमलव १७ र दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर  एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।