ललिता निवास प्रकरणः विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर, काठमाडौँ । ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार साह विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले सरकारी लिखत किर्ते गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

आदेश आएकै दिन जिल्ला अदालतले पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । २०६६/२०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्री गच्छार र श्रेष्ठ भूमि सुधार मन्त्री थिए । बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा २०६९ मा जोशी भूमि सुधार मन्त्री थिए ।

भट्टराईकै मन्त्रिपरिषद् बैठकले ललिता निवासको सरकारी जग्गा टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णय भएको थियो । यो निर्णय हुँदा तत्कालीन भूमि सुधारमन्त्री जोशीले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए