वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीद्वारा विभागमा बन्ने मेलमिलाप केन्द्रको कार्यकक्ष शिलान्यास

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर, काठमाडौँ ।  वैदेशिक रोजगार व्यवसायीहरुको सहयोगमा वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको मेलमिलाप केन्द्रको कार्यकक्ष निर्माण हुने भएको छ । विभागको बुद्धनगरस्थित कार्यालयमा रहेको मेलमिलाप केन्द्र ताहाचल स्थानानान्तरण हुने तयारी रहेकोमा कार्यकक्षको अभाव भएपछि व्यवसायीहरुले स्वच्छिक रुपमा आर्थिक सहयोग संकलन गरी उक्त कार्यकक्ष निर्माण गरिदिन लागेका हुन ।

सोमबार एक कार्यक्रमकाबीच विभागको ताहाचलस्थित काठमाडौ शाखा परिसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले निर्माण गर्न लागिएको केन्द्रको कार्यकक्ष रहने भवनको शिलान्याश गरेका छन्। श्रमिक र व्यवसायीका समस्या सुनुवाईका लागि संघको पहलमा भवन निर्माण गर्न लागेको जानकारी दिदै संघका अध्यक्ष भण्डारीले सरकारसँग सहकार्य गर्ने प्रतिवद्धताका साथै श्रमिकहरुसँग पनि सँगै छौ भन्नका लागि आफुहरुले आफैले भवन बनाएर कार्यकक्ष तयार गरिदिन लागेका बताए ।

वैदेशिक रोजगारीको शिलशिलामा समस्यामा परेका श्रमिकको गुनासो सुनुवाई र वैदेशिक रोजगार व्यवसाय विरुद्ध पर्ने उजुरीलाई मेलमिलाप गराइ उजुरी कम गर्ने उद्देश्यले सरकारले उक्त केन्द्र संचालनमा ल्याएको हो ।