खडेरीका कारण खानेपानी अभाव,१ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर, श्रीलङ्का ।  श्रीलङ्काका १२ जिल्लामा खडेरीका कारण खानेपानीको अभाव भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले सोमबार जनाएको छ।

डीएमसीका महानिर्देशक सुदन्थ रणसिङ्घेले ४८ हजारभन्दा बढी घरपरिवारका १ लाख ५६ हजार मानिस खडेरीबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन् । यी घरधुरीलाई खानेपानी उपलब्ध गराउन केन्द्रले आवश्यक कदम चालेको पनि उनले बताए ।

डीएमसीका अनुसार दक्षिण एसियाली टापु देशमा खडेरी सामान्यतया मनसुन शुरु हुने ढिलाइ वा वर्षाको अस्थायी परिवर्तनशीलताका कारण हुने गर्दछ ।