हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले हाम्रो नक्सालाई सम्मान गर्नुपर्छः परराष्ट्र मन्त्राल

१५ भाद्र २०८०

१५ भाद्र, स्वच्छखबर, काठमाडौँ । चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको नयाँ नक्सालाई मान्यता नदिएको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी यसबारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले नेपालको संसदले अनुमोदन गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको सबै छिमेकीले सम्मान गर्नुपर्ने बताएको छ ।

भारतको अतिक्रमणमा रहेको नेपाली भूमि समेटेर नेपालले २०२० मा नयाँ नक्सा संसदबाट अनुमोदन गरी गरेको थियो । नेपालले सीमासम्बन्धी विवादहरू कूटनीतिक र वार्ताको माध्यमबाट समाधान गर्न तयार रहेको बताएको छ ।

मन्त्रालयले भनेको छ, ‘सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ । नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ ।’

केही दिनअघि चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सालाई समावेश गरेको छैन । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा यसबारे कुरा गर्ने माओवादीले बताएको छ ।