‘मामाघर’मा धार्मिक महोत्सव हुँदै, शनिबार मोटर साइकल -याली र तिज विशेष कार्यक्रम

१५ भाद्र २०८०

१५ भाद्र, स्वच्छखबर, गोदावरी । जिल्लाको गोदावरी नगरपालिका १४ बाँडेगाँउमा आगामी भदौं २० गतेदेखि धार्मिक तथा साँस्कृतिक महोत्सव एवं श्रीमद् भागवत् विराट ज्ञान महायज्ञ २०८० हुने भएको छ ।

अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई नि शुल्क रुपमा गाँस, वाँस, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहेको ‘मामाघर’ अनाथालय आश्रमको सहयोगार्थ धार्मिक महोत्सवको रुपमा महायज्ञ आयोजना गर्न लागेको आयोजकले जनाएको छ । महायज्ञमा धेरै धेरै मानिसको सहभागिताका लागि एक महिना अघिदेखि पर्चा पम्प्लेट र माइकिङलगायत प्रचार प्रसार र निमन्त्रणमा व्यस्त रहेकोमा शनिबार भने गोदावरीबाट मोटर साइकल -याली हुने आश्रमका सचिवालय सदस्य टंकमणी भट्राईले जानकारी दिए । मामाघर आश्रम परिसरबाट शनिबार बिहान १० बजे मोटर साइकल -याली शुरु हुनेछ ।

आगामी २० गते महोत्सव स्थलबाट कलश यात्रा हुनेछ । कलश यात्रीले गोदावरी कुण्डबाट जल बोकेर नगर परिक्रममा गर्नेछन् । यसैगरी, मामाघर अनाथलाय आश्रमले शनिबार नै बिहान ११ बजेबाट नजिकिदै गरेको हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

पवित्र भूमि गोदावरी नगरपालिका वार्ड नं. ०३, ललितपुरमा निर्माण हुनें देश भरीका अनाथ बालबालिकाहरुको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, सन्त निवास, प्रवचन हल, पुस्तकालय, खेल मैदान, गौशाला आदि निर्माण तथा नि शुल्क एम्बुलेन्स सञ्चालन सहयोगार्थ उक्त महायज्ञ संचालन हुन गईरहेको हो । महायज्ञको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्नुहुने कार्यक्रम तय भएको छ ।