गायक परियारको ‘जमाना छ मोबाइलको’ सार्वजनिक

१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, काठमाडौँ । गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ।

प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।   तीव्र गतिमा प्रविधिको विकास भएसँगै  मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् ।

सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति  बढाएको छ । विभिन्न  घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ ।

यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।   भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ।

गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्।   पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।