नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा बोहरा निर्विरोध

१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, रामेछाप । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा ज्ञानु श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । शनिबार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

यसैगरी, महिला उपाध्यक्षमा निसा तामाङ्ग र सचिवमा सागर बोहोरा निर्वाचित भएको जनाईएको छ । अन्य पदाधिकारी र सदस्य आपसि सहमतिमा पछि टुँग्याइने समितिले जनाएको छ । जिल्लामा रहेर लामो समय देखि सकृय रुपमा पत्रकारीता गर्दे आएकी श्रेष्ठ हाल नेपाल पत्रकार महाँसंघ बागमति प्रदेशकी सदस्य पनि हुन् ।

नव निर्वाचित टोलीलाई नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष नहकुल अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा नव निर्वाचित अध्यक्ष ज्ञानु श्रेष्ठले आफुलाई सर्वसम्मत अध्यक्ष चयन गर्नका लागि सहयोग गर्नुहुने मतदाता साथिहरुलाई धन्यवाद दिंदै निर्वतमान नेर्तुत्व प्रति पनि आभार प्रकट गरेकी थिईन्।