शेयर बजारमा सामान्य अंकको बृद्धि,एक अर्ब नौ करोड रुपैयाँको कारोबार

१८ भाद्र २०८०

१८ भाद्र, स्वच्छखबर, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । २७० धितोपत्रका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब नौ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले बढेर ३७७.७१ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक भने ०.०२ प्रतिशतले घटेको छ ।

थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको छ । लिबेर्टी इनर्जी कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ अंकले घटेको छ ।