मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह पक्राउ

१८ भाद्र २०८०

१८ भाद्र, स्वच्छखबर, जनकपुरधाम । मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् । कर्तव्यज्यान मुद्दामा स्वतन्त्र सांसद सिंहलाई सोमबार दिउँसो सप्तरीको राजविराजबाट पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो ।

२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरार सूचीमा थिए । यादवकै निर्देशनमा तत्कालिन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो ।

यस घटनामा जाहिरीपरेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।