सूचक प्रकाशनको १५ औं वार्षिकोत्सव आगामी असोज ११ मा

२० भाद्र २०८०

२० भाद्र, स्वच्छखबर, मायालु लामा, काठमाडौं । सूचक प्रकाशनले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव आगामी असोज ११ मा मनाउने भएको छ ।

विगत १५ वर्षदेखि नेपाली कला, भाषा, संस्कृति, साहित्य र अध्यात्मको क्षेत्रमा क्रियाशील सूचक प्रकाशनले भगवान बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढंगबाट जनमानसमा पुर्‍याउन सम्यक सन्देश नामक समानान्तर बौद्ध आध्यात्मिक पत्रिका प्रकाशन गर्दै आएको छ भने देशव्यापी रूपमा नि शुल्क पुस्तक समेत वितरण गरिरहेको छ ।

यस्तै सूचकले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा विगत १५ वर्षदेखि प्रदान गर्दै आएको सूचक सम्मान यस वर्ष पनि विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रदान गर्ने भएको छ । सूचक प्रकाशनका संरक्षक कृष्ण बहादुर श्रेष्ठका अनुसार नेपाली भाषा, साहित्य, समाजसेवा, स्वास्थ्य र अन्य विभिन्न क्षेत्रमा सक्रिय साहित्यकार गीता कार्की, ज्ञानु अधिकारी, सपना लामिछाने, लिलादेवी श्रेष्ठ, रेनुका सोलु, वसन्त नकर्मी तथा नेत्र अनुसन्धान विज्ञ सिद्धार्थ रन्जित र समाजसेवी हेमन्त कुमार कार्कीलाई सम्मान अर्पण गर्न लागिएको हो ।

यसैगरी वरिष्ठ पाइलट रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र १२ खरीका पत्रकार राजेश खनाललाई प्रदान गर्ने सूचकले जनाएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि भुपाल राइको प्रमुख आतिथ्यमा हुने भएको छ ।