बालोन डी ओर सन् २०२३ को लागि ३० जना खेलाडीको सूची सार्वजनिक

२१ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, काठमाडौं ।  बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ ।

फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन् ।

विश्वकप विजेता लिओनल मेस्सीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए ।

सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले ७ पटक जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन् । आउँदो अक्टोबर ३० तारिखमा अवार्ड कार्यक्रम हुनेछ ।

यस्तै, महिलातर्फ युरोपियन वर्ष खेलाडी बनेकी स्पेनकी आइतना बोनमाटीसहित ३० खेलाडी मनोनयनमा परेका छन् ।