युईएफए युरोकप छनोटमा फ्रान्सको लगातार पाँचौ जीत
२२ भाद्र २०८०
![](https://www.swachhakhabar.com/wp-content/uploads/2023/09/F5c6mM4XsAA9Osr-747x500-1.jpeg)
२१ भाद्र, स्वच्छखबर,काठमाडौं । । युईएफए युरोकप छनोटमा फ्रान्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । बिहीबार राति भएको खेलमा आयरल्याण्डलाई २-० गोलले हराउँदै फ्रान्सले छनोटमा लगातार पाँचौ जीत निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जीत दिलाउन अरेलिन चुआमिनी र मार्कुस थूरामले गोल गरे । खेलको १९ औं मिनेटमा एम्बाप्पेको पासमा चुआमिनीले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा थूरामले गोल गर्दै फ्रान्सलाई २-० गोलको जीत दिलाएका हुन् ।
जीतसँगै फ्रान्स ५ खेलबाट १५ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको आयरल्याण्ड चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: