कोसी प्रदेशका मुख्यमन्त्री कार्की र मन्त्रीहरुले लिए सपथ

२२ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई सपथ खुवाएका हुन्। कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा खापुङले आजै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कार्कीले तीनजना मन्त्री र एकजना राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् । त्यस्तै सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।