समाजसेवी श्रीराम थापाको पहलमा पनौतीका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

२२ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, काभ्रे । जिल्लाको पनौती नगरपालिका –५ स्थित रहेको दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण भएको छ । नेकपा (माओवादी केन्द्र)को युवा नेता तथा वाइसिएल नेपाल बागमती प्रदेश सदस्य श्रीराम थापाको पहलमा सहरी स्वास्थ्य चौकी र सुब्बागाउँ स्वास्थ चौकीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

समाजसेवी थापको पहलमा नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट प्राप्त ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर ६ वटा, पल्स अक्सिमिटर १० वटा, १० थान थर्मल गन सहयोग गरेको छ । त्यस्तै वडा अध्यक्ष बिनोद खत्रीको उपस्थितीमा सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थाननाबी मलम, पीपीइ सेट २० सेट लगायतका सामाग्री दुई स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।

धुलिखेल नगरका तरुण दलका उप सभापति भीमसेन थापाले स्वास्थ्य सामाग्रीको लागि समन्वय गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष खत्री सहित वडा सदस्य प्रेम कुवर, सोबिता थापा लगायत कर्माचारी र स्थानीयको सहभागिता रहेको थियो ।

धुखिलेख निवासी युवा नेता तथा समाजसेवी श्रीराम थापाले यसअघि धुलिखेल नगरपालिका–४ मा समेत स्वास्थ्थ सामाग्री सहयोग गरेका थिए । उनले विगतदेखि विकट डाँडापारि क्षेत्रका विभिन्न क्लव तथा समाजिक संस्थामा समेत खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गर्दै आइरहेको छ ।