सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी

२३ भाद्र २०८०

२३ भाद्र, स्वच्छखबर, सर्लाही । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।